राजनीति

जनकपुरमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झड्प



जनकपुर,११ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जनकपुरधाम बन्द गराउन हिडेका मोर्चाका कार्यकर्ता एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

जनकपुर नगर बन्द गराउन मोटरसाइकल रैलीसहित हिडेका मोर्चाका कार्यकर्ताहरू एमालेका कार्यकर्ताहरूबीच वारविगाह नजिकै झडप भएको हो । झडपमा दुबै पक्ष कार्यकताहरु घाइते भएका छन । घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ।