सम्पादकीय

भारतीय सिबिआइले नेपाललाई भन्दैछ: भण्डारीलाई नेपालबाट उम्कन नदिनु



काठमाडौं, १२ फागुन । भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्न सक्ने आशंकामा त्यहाँको केन्द्रिय अन्वेषण ब्युरो (सिबिआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको  छ ।

सिबिआईले भारतीय परराष्ट्र मन्त्रालयमार्फत नेपालको गृहमन्त्रालयलाई औपचारिक पत्र पठाएर ती व्यक्तिलाई नेपालबाट उम्कन नदिन आग्रह गर्ने तयारी थालेको हो ।

सिबिआईको अनुसन्धानमा भण्डारीको निकटता नेपालकमा दलका नेता र व्यापारीसँग देखेपछि उनी नेपालमा हुन सक्ने आशंका बढेको हो ।

यस्तै भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर बेलायत जान सक्ने आशंकामा भारतले नेपाली पक्षसँग भण्डारीलाई पक्रन सहयोग माग्ने भएको नागरिकमा समाचार छ ।