मनोरञ्जन

‘म यस्तो गीत गाउँछु’को शुभमुहुर्त



काठमाडौं, । चलचित्र ‘म यस्तो गीत गाउँछु’को छायांकन सुरु भएको छ ।

बिहीबार काठमाडौंको सानो भ¥याङबाट चलचित्रको छांयाकन सुरु गरिएको हो । सुदर्शन थापाले निर्देशन गर्न लागेको चत्रचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिकामा देखिने भएका छन् । साथमा कलाकारहरु सरोज खनाल, रुपा खनाल, प्रज्ज्वल सुजल गिरीको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

चलचित्रको काठमाडौंका साथै पोखरा, मुस्ताङ, उपल्लो मुस्ताङ लगायतका रमणीय स्थानमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

सुदर्शन थापा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा सुदर्शन थापाको लगानी छ । नायिका पूजा शर्मा यो चलचित्रको सह–निर्मात्री पनि हुन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।