अर्थ

नेपाली उत्पादन प्रवर्द्धन गर्न उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता



काठमाडौं, १३ फागुन । नेपाली उत्पादनको जापान लगायत देशमा प्रवर्द्धन गर्न उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता भएको छ ।

जापान भ्रमणमा रहेका उद्योग मन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच नेपाली उत्पादनलाई प्रवर्द्धन र प्रचार–प्रसारमा विषेश भुमिका निर्वाह गर्नका लागि लिखित सम्झौता गरिएको हो ।

नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा समेतको सहभागितामा सम्झौता भएको हो ।

एनआरएनएले विश्वभरिका नेपाली उत्पादनको बजार विस्तार तथा दैनिक उपयोगमा ल्याउन पहल गर्ने जनाएको छ । यसका लागि नेपाल सरकारका तर्फबाट विशेष सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् ।

मन्त्री जोशीले प्रवासमा रहेका नेपालीहरूले विदेशी सामाग्रीको तुलनामा नेपाली सामाग्रीलाई प्रयोगमा ल्याउन सकेमा नेपालका उधोगको विकास तथा रोजगारीको अबसर बढने धारणा राखे ।

नेपालमा सम्भाव्य स्थानमा घरेलु तथा साना उद्योगसहित विश्वबजारमा खपत हुने हरेक प्रकारका उत्पादनको बजार राम्रो रहेको बताए ।

एनआरएनए जापानले गरेको पहिलो प्रस्तावमा नेपाली उत्पादनलाई प्रवासमा उपयोग तथा बजार विस्तारमा देखाएको पहल सकारात्मक रहेको भन्दै उधोगमन्त्री जोशीले उद्योग मन्त्रालय हरेक अवस्थामा सहयोगका लागि तयार रहेको जानकारी गराए ।
सो अवसरमा एनआरएनए उपाध्यक्ष भवन भट्टले एनआरएनएहरूलाई नेपाल सरकारले विशेष अवस्थामा साथ दिँदै आएको भन्दै नेपालको पर्यटन प्रवद्र्धनसहित नेपाली उत्पादनलाई विदेशमा भित्र्याउन एकजुट भएर लाग्ने बताए ।

‘नेपालमै राजगारी सृजना गर्न सरकार प्रतिवद्द छ’, उद्योग मन्त्री जोशी समृद्द नेपाल निर्माणमा नेपाल सरकार पूर्ण रूपमा प्रतिवद्द रहेको भन्दै नेपाल सरकारका उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा उद्योगहरूको स्थापना गरि रोजगारीको अवसर बढाउन लागि परेको धारणा राखे ।

यसकालागि लगानीको बातावरण र उत्पादनलाई बजारको संम्भाव्यता अध्ययनको सुरूवात गरिरकिएको धारणा राखे ।

‘नेपालमा औद्यौंगिक विकासका लागि नयाँ रणनीतिहरू बारेमा बृहत अध्ययन सुरू भई सकेको मन्त्री जोशीले बताए । ‘जापान लगायतका मुलुकमा रहेका गैरआवासीय नेपालीहरूसँगको विशेष साथ र सहयोगको समेत अपेक्षा गरेका छौ ।’ मन्त्री जोशीले भने ।
जोशीले विदेशमा बसेर अनलाईन मार्फत नेपालमा उद्योग दर्ता, लाईसेन्स लगायतका सेवा लिन सकिने डिजिटल प्रणालीको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिए ।

कार्यक्रममा समृद्ध नेपाल निर्माणका लागि उत्पादन र लगानी बढनु आवश्यक रहेको भन्दै नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले नेपाली उत्पादन निर्यात भन्दा आयातको अनुपात तुलना गर्न नसकिने हिसाबले बढेकाले यसको सन्तुलन आवश्यक रहेको धारणा राखे ।

समृद्ध नेपाल निर्माणका लागि उत्पादनमा वृद्दि गराउन उद्योगको संचालर र लगानी बढाउनु आवश्यकता रहेको उनको भनाई थियो ।
कार्यक्रममा एनआरएनए उपाध्यक्ष भवन भट्टले नेपालमा पर्यटन उद्योग र स्थानिय उधोगको विकास र यसको सम्मवर्धन अनिवार्य रहेको धारणा राखे ।

उपाध्यक्ष भट्टले नापालीले नै नेपाली सामानको प्रर्दद्धन गर्न सक्ने भएकाले यसका लागि विश्वभरिका गैरआवासीय नेपालीहरूले एकजुट भएर पहल गर्नु पर्ने आवश्यकता औल्याए ।

एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापाले नेपालको समृद्धिका लागि ठोस योजना मुलक कार्यक्रम आवश्यकता रहेको धारणा राखे ।

जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्रले नेपालका केही कानुनी विषयमा अष्पष्टताका कारण जापानी लगानीकर्ताहरूले चाहेको लगानी हुन नसकेको र यसका लागि आफुले पहलकदमी जारी राखेको धारणा राखे ।