Banner News

मधेशका जनता एमालेप्रति आकर्षित–मोर्चाका नेता आक्रोशित –सशोधन हाल्ने र नहाल्नेमा विभाजित



काठमाण्डौ,१६ फागुन । सरकारले चुनाव घोषणा गरेसंगै आन्दोलनमा उत्रिएको मधेशी मोर्चा संविधान सशोधनको प्रस्तावसम्म आइपुग्दा दुई किनारमामा छुट्टिएको छ । मोर्चाका एकथरि नेताहरु संशोधन हाल्ने पक्षीय उभिएको देखियो भने अर्काथरिले त्यसलाई साथ दिएनन् ।

एउटै एजेण्डामा मोर्चाभित्र देखिएको विभाजनले आउँदा दिनमा उनीहरु एकसाथ हिड्न नसक्ने संकेत देखिएको छ । संशोधन प्रस्ताप पारित गराउन मधेसमा आन्दोलनको धम्की दिएका थिए । तर, जनताले आन्दोलनमा साथ नदिएपछि उनीहरु तिल्मिलायन थालेका छन् ।्

हिजो गौरमा एमालेका वरिष्ठ नेता उपस्थित कार्यक्रम विथोल्ने योजना मधेसका जनताले आन्दोलनमा मोर्चाका नेताहरुलाई साथ नदिएको आक्रोश हो । मधेसमा एमालेलाई ढोल पिटेर लखट्ने मोर्चाका नेताहरुको निर्देशनलाई अवैज्ञा गर्दै उल्टै मोर्चाका कार्यकर्ताहरु भने धमाधम एमालेमा प्रवेश गर्न थालेका छन् । हिजै गौरमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले कांग्रेस र मधेस जनअधिकार फोरम लोकतान्त्रिक बाट आएका ३०० नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए ।

हिजोसंसद्मा संविधान संशोधनमाथि संशोधन हाल्ने क्रममा नै मोर्चा विभाजित बन्न पुगेको हो । महन्थ ठाकुर र राजेन्द्र महतोहरु संशोधन हाल्ने पक्षमा रहे पनि उपेन्द्र यादव र महेन्द्र राय यादवले भने संशोधन हाल्न नहुने अडान लिएका थिए । उपेन्द्रको संघीय समाजवादी फोरम र महेन्द्रको तमसपाले संशोधन हालेन भने तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र नेपाल सद्भावनाले मात्र संशोधन दर्ता गरेका थिए ।