राजनीति

गृहमन्त्री निधिलाई एमालेको चेतावनी



काठमाडौ,१७ फागुन, काठमाडौ । गृहमन्त्री विमलेन्द्र निधिले सार्वजनिक कार्यक्रममा नै एमालेको कार्यक्रम विथोल्न निर्देशन दिएको भोली पल्ट नेकपा एमालेले निधिको सो अधिव्यक्तिप्रति आपति जनाएको छ । एमालेले पार्टीको मेची–महाकाली अभियानमा कुनै त्यस्तो अवान्छित गतिविधि भएमा त्यसको जिम्मेवारी समेत निधिले लिनु पर्ने चेतावानी दिएको छ ।
एमालेको केन्द्रीय प्रचार विभागले मंगलबार विज्ञप्ति निकालेर आफनो पार्टीको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गर्दै गृहमन्त्री नीधिको उत्तेजक अभिव्यक्ति दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री नीधिले सोमबार सिराहामा एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधनमा असहयोग गरे एमालेविरुद्ध भण्डाफोर गर्ने चेतावनी दिएका थिए ।

तर, एमालेले भने गृहमन्त्रीले प्रमुख प्रतिपक्षी दलको कार्यक्रम विथोल्न अभिव्यक्ति लिएको भन्दै यो निन्दनीय भएको बताएको छ । विज्ञप्तीमा भनिएको छ, ‘सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।’