Banner News

उपेन्द्रसंग नजिकिन खोज्दा बाबुराम एक्लिदैःसोलका संयोजक एमाले प्रवेश नयाँ शक्ति शून्य



काठमाण्डौ,१७ फागुन । डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल सोलुका संयोजक नै एमालेमा प्रवेश गरेका छन। संयोजक उत्तम बस्नेतको प्रवेश संगै सोलुमा नयाँ शक्ति शुन्य भएको छ । गएको विहीवार सरकारले घोषणा गरेको निर्वाचन फिर्ता लिन उपेन्द्र यादबसंगै संयुक्त बक्तव्य निकालेपछि बाबुरामको पार्टीमा पहिरो लाग्न शूरु भएको हो ।

उनले जंगवहादुर शैलीमा पार्टीभित्र कुनै पनि निकायमा छलफल नगरी बक्तब्य निकालेको भन्दै त्यसको पार्टीभित्रै विरोध शूरु भएको छ । उनको कार्यशैलीकै कारण पार्टीगठन भएको एक वर्ष पनि वित्न नयाउँदै पार्टी परित्याग गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

संविधान जारी गर्ने बेलामा सबै भन्दा शक्तिशाली मानिने सम्वाद समितिका सभापति रहेका भट्टराईले पछिल्लो समय आफ्नै अगुवाईमा जारी भएको संविधानको खिल्ली उडाउन थालेपछि पार्टी परित्याग गर्नेको सङ्ख्या बढ्न थालेको हो ।

संविधानको चर्को विरोध गरिरहेका उपेन्द्र यादवलाई काखी च्यापेर उनको समेत ठेक्का लिने हल्का टिप्पणी गर्न थालेपछि बाबुराम एक्लिदैँ जान थालेको हुन् । मंगलबार मात्रै पनि केन्दीय कार्यकारिणी परिषद् सदस्य रहेका सोलुखुम्बु जिल्लाका संयोजक उत्तम बस्नेतसहितको टोलीले नयाँ शक्ति परित्याग गरी एमाले प्रवेश गरेको छ । बस्नेतसहितको टोलीले एमाले प्रवेश गरेपछि सोलुखुम्बु जिल्ला नयाँ शक्ति बिहीन बनेको छ ।

बस्नेतसहितको टोलीले मंगलबार एमाले मुख्यालयमा एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टी महासचिव ईश्वर पोख्रेलले टिका लगाएर स्वागत गरे ।