मनोरञ्जन

२७ प्रतियोगीलाई पछि पर्दै सक्षमले हात पारिन ‘मिस नेपाल पिसको उपाधी



काठमाडौं। ‘मिस नेपाल पिस २०७३’को उपाधि ललितपुर नर्सिङ कलेजकी १९ बर्षीया छात्रा सक्षम थापा मगरले हात पारेकी छिन् । उनले २७ प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन

थापाले उपाधिसहित ५० हजार रुपैयाँ तथा नेपाल बेष्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर लगायत बिभिन्न अवसर उपहार स्वरुप प्राप्त गरेकी छिन् ।

प्रतियोगीतामा सपना छन्त्याल फष्ट रनरअफ र एरी श्रेष्ठ सेकेन्ड रनरअफ घोषित भए । फष्टरनर अफ र सेकेन्ड रनर अफले उपाधिका साथमा क्रमश ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ हात पारेका छन् ।

बिभिन्न उप शिर्षकमा नेप्सकोस ब्युटिविथ ब्रेन सनम थापा मगर, नोवल मोष्ट ट्यालेन्ट सपना छन्त्याल, ग्याट्रो बेष्टपर्सनालिटी एनी श्रेष्ठ, लुजा मोष्ट चार्मिङ स्वतलाल गुप्ता, आवरण बेष्टस्क्रिन निशा राई, बेष्टनसिङ बेष्टड्रेस थिम सबिना लामा, पब्लिकच्वाई अवार्ड निरुसा खड्का, मिस फोटो जेनिक निसा पाण्डे, बेष्टवाक शोनम डाल्मा शेर्पा, मोष्टडिसिप्लेन सुनम, स्प्यारो मोष्ट पपुल एलिसा डङ्गोल, सोसियल सिप रेस्पन्सिबल रोजी श्रेष्ठ बिजेता धोषित भए ।