अर्थ

३३ किलो सुन तस्करीमा को –को संलग्न



काठमाडौ, २२ फागुन । प्रहरीले सुन तस्करमा संलग्न १२ जनाको नाम सार्वजनिक गरेको छ । गएको पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाटै ३३ किलो अवैध सुन बाहिरिएपछि सुन तस्करीको सञ्जालबारे प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई समेत पक्राउ गरेको थियो । व्युरोले उनीसहित १२ जनाको नाम आईतबार सार्वजनिक गरिएको हो ।

तस्करमा संलग्न भएकाहरुमा गोपालबहादुर शाही, रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले, श्रीनारायण यादव, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ छन् । केन्द्रीय अनुसन्धान ब्युरोमा नाम सार्वजनिक गर्दै डिआइजी नवराज सिलवालले पहिलो चरणको अनुसन्धान सुरु भएको बताए ।