Banner News

रविन्द्रले भने –मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन हुँदैन



भक्तपुर, २३ फागुन । नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताए ।
रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार्य नभएको बताउँदै संविधान संशोधनभन्दा पहिला निर्वाचन गराउनुपर्ने बताए। निर्वाचन नगराउने सरकारको

उनले एमालेलाई विकासविरोधी भन्नेहरुलाई प्रमाणीत गर्न चुनौती दिर्दै निर्वाचन अगाडि संविधान संशोधन कुनै पनि हालतमा नहुने बताए एमालेको मेची महाकाली अभियान देखेर केहि शक्तिहरु तर्सिएकाले अभियान बिथोल्न लागिपरेको उनले बताए ।
संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उनले निर्वाचनमा मधेशी मोर्चा पनि सहभागि हुने बताए । मुलुकलाई अराजनीतिक कुरीति तर्फ लैजान सरकारका प्रतिनिधिहरु लागिपरेको बताउँदै उनले अभियानलाई कसैले रोक्न खोजेमा उनीहरु मुलुक नचाहाने तत्वाहरु भएको बताए प्रजातान्त्रिक पद्धतिमा हरेक हरेक राजनीतिक पार्टीलाई राजनीतिक सभा गर्ने छुट रहेको बताउँदै अभियान विथोल्न खोज्नेहरु राष्ट्र र राष्टियताविरोध भएको बताए ।
उनले एमालेको संयमतालाई कायरताका रुपमा नबुझिदिन आग्रह गर्दै उहाँले लोकतन्त्रमा निर्वाचनमा डराएर देखाउन चुनौती दिए। एमालेले तराई मधेशका जनतालाई सचेत गराउन जागरण अभियान थालेको बताउँदै एमालेको जागरण अभियानलाई चुनावी अभियानका रुपमा नबुझनसमेत आग्रह गरे ।
मधेशी मोर्चालाई थाती राखेर भए पनि तोकिएको मितिमा निर्वाचन गर्नुपर्छ । तोकिएको निर्वाचनमा निर्वाचन गर्नुको विकल्प छैन् ।
संविधान संशोधन प्रस्ताव नेपाली जनताको पक्षमा नभएको बताउँदै नेता अधिकारीले मधेशी मोर्चाको विरोध भन्दै विद्यार्थी निर्वाचन जस्तै खण्डखण्ड निर्वाचन गराएर कमजोरी नदेखाउन र निर्वाचनको सुनिश्चिता देखाउन सकारलासँग मागसमेत गरे ।
देशमा वैदेशिक हस्तक्षेप बढिरहेको बताउँदै वैदेशिक हस्तक्षेप रोकेर आफनै खुटटामा उभिन नसकेसम्म राज्य सञ्चालनमा अराजकता कायम भइरहने बताए ।
सरकार हरेक पाइलामा चुकिरहेको बताउँदै राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक नियुक्त जस्ता विषयमा सरकार चुकेको टिप्पणी गरे । प्रहरी हानिरीक्ष नियुक्तिमा गाईजात्रा देखाएर सरकारले जनतालाई हसाएर सरकार असफल भइसकेको उनले बताए ।