Banner News

राजविराजमा ओलीले भने तराईमा एमाले पाहुना पार्टी होइन, रैथाने पार्टी हो



राजविराज,२३ फागुन । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आजराजविराजमा भव्य आमसभा भएको छ । मोर्चाले विभिन्न अवरोध चिर्दैराजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आमसभा गरेको हो ।

विशाल सभालाई सम्बोधन गर्ने क्ममा अध्यक्ष केपी ओलीले तराईमा एमाले छैन भनेर कसैले पनि भ्रम नछरे हुन्छ तराईमा एमाले पाहुना पार्टी होइन, रैथाने पार्टी हो भन्दै मधेसको विकासमा एमालेले अथक प्रयत्न गरिरहेको वताए ।

कार्यक्ममा वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘एमालेलाई मधेस विरोधी भनेर हल्ला पिटाउने काम भइरहेको छ । जसले त्यस्तो हल्ला पिटाइरहेका छन्, उनीहरुलाई एमाले मधेस विरोधी भएको देखाउन चुनौती दिन्छु भन्दै नेता नेपालले
एमालेले सबै नेपालीलाई एक जुट बनाउन लागिपरेको बताउँदै भने, ‘हामी सबै नेपालीलाई एउटै मालामा उन्न चाहन्छौं । पहाडे र मधेसी समुदायबीचको एकतालाई भाँड्ने काम कसैलाई पनि नगर हुन्छ भने ।

कार्यकममा एमाले २ नम्बर प्रदेशका इन्चार्ज सत्यनारायण मण्डलले पनि सम्बोधन गरेका थिए ।