Banner News

सप्तरीको झड्पमा एक जनाको मृत्युः एमाले कार्यकर्तामाथि पेट्रोल बम प्रहार



राजविराज,२३ फागुन । एमालेको सभा विथोल्ने योजनाका साथ आएका प्रदर्शनकारीले सभा विथोल्न खोज्दा प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको छ ।

एमालेको कार्यक्रम बिथोल्न राजबिराजस्थित गजेन्द्रनारायण मैदान छेउ पुगेका मलेठ– २ का सञ्जन मेहताको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो ।

यस्तै, एमालेको सभा विथोल्न खोजेका मधेसी मोर्चाका कार्यकर्ताले अहिले राजविराजमा एमाले कार्यकर्तालाई निशाना बनाइरहेका छन् ।

सुरक्षा निकायबाट प्राप्त समाचार अनुसार एमालेको सभामा हमला हुँदा प्रहरीको गोलीले १ जनाको मृत्यु भएको, एकको अवस्था गम्भीर रहेको र करिब १५ जना घाइते छन् । सुरक्षाकर्मीले नेताहरूलाई कार्यक्रमस्थलबाट सुरक्षित स्थानतर्फ पठाईसकेको छ बुझिएको छ । एमालेको सभामा आएका कार्यकर्ताहरुमाथि गुलेलीआक्रमण र पट्रोल बम प्रदर्शनकारीहरुले फालिरहेका छन् ।