Banner News

सप्तरीमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडपःगोली लागेर तीन जनाको मृत्यु



काठमाण्डौ,२३ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियानमा सप्तरीमा प्रहरीले चलाएको गोली लागेर मलेठ–२ का सञ्जय मेहता, पिताम्बर लाल यादव र दिगम्बर मण्डल को निधन भएको छ । अन्य १५ जना घाइते भएका छन् ।

कार्यक्रम सकिएपछि कन्चनपुरतर्फ लागेको एमालेको टोलीलाई रोक्दै मोटरसाइकल र अन्य सवारीसाधन तोडफोडमा उत्रेपछि प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो ।

झडपका क्रममा राजविराजको औद्योगिक क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर सप्तरीकै मलेठका मेहताको ज्यान गएको हो भने बाँकी दुई जनाको उपचारका लागि धनारस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । घाइतेहरुको प्रतिष्ठानमा उपचार भइरहेको छ ।