Banner News

सप्तरीमा मृत्यु हुनेको संख्या चार– अभियान स्थगित –सरकारलाई दिएको समर्थन फिर्ता



काठमाण्डौ,२३ फागुन, । सप्तरीमा भएको प्रहरी र सुरक्षाकर्मीबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ(४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई

यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

मण्डलको भने धरान पुर्‍याए लगतै निधन भएको छ । यस्तै प्रसवनीका आनन्दप्रसाद साहको उपचारको क्रममा मृत्यु भएको छ । धरानमा ७ जनाको उपचार भइरहेको छ ।

घटनापछि एमालेले तीन दिनका लागि मेची महाकाली अभियान स्थगित गरेको छ भने मधेसी मोर्चाले आन्दोलन घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।