मनोरञ्जन

बास्तोलाको निर्देशनमा बन्दै चलचित्र ‘हाइ डार्लिङ’



काठमाडौ‌ं, २ चैत । निर्देशक तथा कलाकार सबिन बास्तोलाले चलचित्र ‘हाइ डार्लिङ’को निर्देशन गर्ने भएका छन् ।

‘हाइ डार्लिङ’ नेपाली दर्शकले रोजे जस्तै चलचित्र बन्ने बास्तोलाको भनाई छ । साथै चलचित्र कमर्सियल पनि बन्ने उनको भनाई छ ।

नेपालमा चेतना मूलक चलचित्र बनाएर दर्शक हलसम्म तान्न गाह्रो हुने भएकाले मान्छे हँसाउने चलचित्रले बजार लिन थालेको उनको भनाई छ । आफूले पनि सोही प्रकृतिको चलचित्र निर्देशन गर्न लगेको र चलचित्र विल्कुन नयाँ नयाँ धारको हुने उनो दाबी छ ।

आफूले यसअघि निर्देशन गरेको चलचित्र सुनपानी दर्शकले मन नपराएपनि यो चलचित्र भने निकै नै रुचाउने उनको विश्वास छ ।

‘हाइ डार्लिङ’मा नयाँ तथा पुराना कलाकार हुनेछन् । जसको छनोट कार्य भइरहेको सबिनले बताए । चलचित्रको निर्माताहरु राजेश बिसुराल र टंक पौडेल रहेका छन् ।