Banner News

धनगढीमा रावलले भने–बम पड्काएर भाला रोपेर चुनाव रोकिदैन



धनगढी, ३ चैत । नेकपा एमालेको मेची–महाकाली अभियान आज धनगढी पुगेको छ । धनगढीको सभालाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष भीम रावलले भने– ‘बम पड्काएर, भाला रोपेर चुनाव रोकिंदैन । जनताले आफ्नो अधिकार प्रयोग गर्न चुनाव चाहिन्छ भन्ने थाहा पाएका छन् ।’
एमाले तराई पहाड र हिमाल सबैठाउँमा बस्ने जताको पार्टी भएको र यसले आफ्नो कामबाट त्यसलाई सिद्ध गरेको रावलले वताए । आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले तराई मधेसको विकासका लागि गरेको कामवारे प्रस्तुत गर्दै रावलले एमालेलाई तराई मधेस विरोधी भन्नेहरुले मधेसको हित नचाहेको वताए ।

‘हामी तराई, पहाड र हिमालबीच एकता चाहन्छौं । जनतालाई साथमा लिएर विद्वेष र बिखण्डनलाई पराजित गर्छ’ रावलले भने, ‘नेपाली जनताले कुनै पनि प्रकारको बाह्य हस्तक्षेप र दवावलाई अश्वीकार गर्छन् ।’

उनले एमालेले तराई पहाड हिमाल सबैका बीच एकता चाहेको वताउँदै फूट र बैमनस्यता चाहने शक्तिलाई पराजीत गरिने वताए ।