मनोरञ्जन

राम लामाको ‘मेरो बदनाम गर्न खोज्यौ… (भिडियोसहित)



काठमाडौं, ९ चैत । राम लामा ‘अविनाशीको भावनात्मक गीत ‘ मेरो बदनाम गर्न…’ बोलको गीत बजारमा ल्याएका छन् ।

यम बरालको स्वर तथा सङ्गीत रहेको गीतको भिडियोमा राजेन्द्र चापागाँई, सिरू विष्ट र प्रीति मोक्तानको शस्क्त अभिनय रहेको छ ।

गीतमा शङ्काले गर्दा आत्मिए सम्बन्धामा कसरी फाटो आँउछ भन्ने देखाइएको छ । विदेशमा रहेका नेपालीहरू आफ्नो मातृभाषा प्रति सजग छन् । भन्ने कुरालाई राम लामा अविनाशी ले प्रमाणित गर्न खोजेका छन् ।

परदेशमा व्यवसायमा व्यस्त रहँदा रहँदै गीतकार लामाले लगभग दर्जन गीत तथा दुई दर्जन बढी कविता रचना गरेका छन् । दिपेश दाहालले निर्देशन गरेको गीतको भिडियोको छायांककन शिव पड्गेनीले गरेका छन् ।

[its_video]https://youtu.be/r1sgNjEBpu4[/its_video]