Banner News

प्रधानमन्त्री दाहाल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ताः अरु को –को संग भेटदैछन



काठमाडौं,१० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ रक्षामन्त्री जनरल चाङ वाङगुवाङबीच भेटवार्ता भएको छ ।
आजै तीनदिने औपचारीक भ्रमणका लागि नेपालमा आइपुगेका रक्षामन्त्री चाङ प्रधानमन्त्री दाहालसँग भेटवार्ता भएको छ ।
भेटवार्तामा प्रधानमन्त्रीको चीन भ्रमण, दुइदेशबीच गतवर्ष भएका सम्झौता, नेपालको पछिल्लो राजनीतिक अवस्था र आपसी हितका विषयमा कुराकानी हुने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

बिहीबार नै नेपाली सेनाको उपत्यका पृतना मूख्यालय नारायणहिटीको निरीक्षण तथा नेपाल स्थित चिनिँया राजदूताबास जाने कार्य तालिका रहेको छ ।
नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत उच्च अधिाकरीसँग भेटवार्ता गर्ने छन् । त्यससंगै उनी उनी चैत १२ गते स्वदेश फिर्ता हुने छन् ।