मनोरञ्जन

सबैले तिम्रो ओठ सेक्सीछ भन्छन्ः गायिका शिला गुरुङ



विगत लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा लागेकी सुरीलो स्वरकी धनी हुन गायिका शिला गुरुङ । बुबा अमर गुरुङ र आमा सिमा गुरुङको कोखबाट जन्मीएकी  शिला सानै उमेरदेखि सङ्गीत क्षेत्रमा लागेर आफ्नो र देशको शिर उच्च पार्न चाहन्थीन । जुन काम उनले हाल गरिरहेकी छिन् ।

कला र गला नहुनेहरु यो क्षेत्रमा नाम र दाम दुवै कमाउने उदेश्यले आउने गरेका छन् । तर कला र गला दुवैकी धनी दाम भन्दा पनि देश र आफ्नो नाम नेपाली लोक सङ्गीतमा राख्न चाहन्छिन् । उनले यो क्षेत्रमा लागेर नाम निकै कमाएपनि दाम भने कमाउन भन्दा बढी गुमाएको गुनासो गर्छीन् । उनै मिठो स्वरकी धनी गायिका शिला गुरुङसँग गरेको कुराकानीको सम्पादीत अंशः

सङ्गीत क्षेत्रमा लाग्नु भएको कति समय भयो ?

सानैदेखि मलाई लोक सङ्गीतको क्षेत्रमा आउने चाहना थियो । म यो क्षेत्रमा लागेको तीन वर्ष भयो ।

कसको प्रेरणाले यो क्षेत्रमा लाग्नु भएको ?

सानैदेखि गीत सङ्गीत निकै मन पर्ने गर्दथ्यो । विद्यालयमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने गरेको थिए । त्यो समयमा सधैँ पहिलो हुने गर्दथे । मलाई यहाँसम्म आईपुग्न कसैको प्रेरणा भन्दा पनि आफ्नो शोखले नै हो ।

तपाईँको पहिलो गीत कुन हो ?

मेरो पहिलो गीत छहरे टोखा रोड, जाँउ घुम्न सँगै सँगै त्रिशुली नुवाकोट हो । त्यो समयमा यो गीत निकै चर्चित बन्यो । यो गीत पछि मलाई धेरै महात्वसमा अफर आयो । मेरो पहिलो गीतले नै मलाई निकै चर्चित बनायो ।

अहिलेसम्म कतीवटा गीत ल्याउनु भयो ?

अहिलेसम्म बजारमा चारवटा गीतहरू आएका छन् । जसमा छहरे टोखा रोड, जाँउ घुम्न सँगै सँगै त्रिशुली नुवाकोट, पाल्पालीको शिर खाली । जुन अहिले बजारमा निकै चर्चामा रहेको छ । अर्को विष्णुखत्रीसँग गाएको दशैको गीत पनि छ ।

अर्को बढ्न् बढ्यो मंहगी भन्ने गीत रहेको छ । यो गीत पनि निकै राम्रो रहेको छ । केही समय अघि सालैजो गीत रेकर्ड गरेको छु । खेम राना मगरको शब्द सङ्गीत रहेको गीतको भिडियो निर्माण गर्ने तयारीमा रहेको छु ।

अरूको गीतमा पनि आजाव दिनुभएको छ कि आफ्नो मात्र हो ?

अहिलेसम्म आफ्नो मात्र गीत मात्र गाएको छु । अरूको गीत गाएको छ्रैन । अफर भने आइनै रहेका छन् ।

तपाईँ भिडियो पनि आफ्नै खर्चमा निर्माण गर्नुुहुन्छ हो ?

हो, गीतको भिडियो आफैले बनाएको छु । सबै गीत आफैले बनाएको हो ।

गीत-सङ्गीतमा लगानी गरेर आम्दानी हुन्छ ?

लगानी गरेर फाइदा हुने सम्भावना छैन । म्यानेज गर्नुपर्ने हुन्छ । अहिले एउटा भिडियो निर्माण गरेर बजारमा आँउदासम्म कम्तीमा पनि सवालाख सकिन्छ ।

 तपाईँले सङ्गीतको कुनै कक्षा लिनु भएको छ वा सङ्गीत सिक्नुभएको छ की छैन ?

मैले अहिलेसम्म कुनै पनि कक्षा लिएको छैन । अहिलेसम्म जे भएको त्यो मेरो स्वरकै कारण हो । मलाई मेरो स्वरले निकै साथ दिएको छ । मेरो स्वरमा लोभिनेहरु पनि निकै छन् । जुन मैले जन्मजान तै पाएको छु ।

सङ्गीत क्षेत्रमा लागेर आर्थिक रुमाप सक्षम बन्न सकिन्छ ?

आफूसँग क्षमता चाहिन्छ । कला र गला चाँहिन्छ, यो भयो भने बाँच्न सकिन्छ । त्यसका लागि चिनेको वा सार्सफोर्स भन्दा पनि आफूमा क्षमता चाहिन्छ ।

परिवारको सहयोग कत्तिको रहेको छ ?

यो क्षेत्रमा म आफ्नै बलले मात्र लागेको हुँ । एक्लै सङ्घर्ष गरी रहेको छु । पहिला परिवारले सहयाृग नगरेपनि अहिले भने निकै ठुलो सहयोग रहेको छ । नराम्रो भन्नु भएको छैन ।

यो क्षेत्रमा टिक्न सङ्घर्ष गर्न कत्तिको सङ्घर्ष गर्नुपर्ने रहेछ ?

सङ्घर्ष त जुनसुकै क्षेत्रमा पनि गर्नु पर्छ । सङ्गीत क्षेत्रमा त झन् आजाव भएन भने कुनै काम छैन ।

यो क्षेत्रमा लाग्न कला र गलाले मात्र पुग्दैन भन्छन् नि हो ?

कुनै एउटा गीत गाउनसाथ आफूलाई गायक वा गायिका भने चर्चा गर्दै हिँडनहरुले समसया पारिरहेका छन् ।

यस्ताका कारण यो क्षेत्रको बदनाम पनि कहीँ न कतै भएको छ । बरु कला गला हुनेहरु पछि परेका छन् । गला हुृनुभन्दा पनि रूप राम्रो हुनेले स्थान  पाउँछन् । क्षमता जति नै भए पनि त्यसले स्थान पाउन समस्या नै हुने रहेछ ।

महोत्सवहरुमा कत्तीका जाने गर्नु भएको छ ?

जाने गरेको छु । आयोजकहरुले बोलाउने गर्नुभएको छ । समय मिलेसम्म जाने गरेको छु ।

आफैलाई आफ्नो सबै भन्दा बढी मन पर्ने अङ्ग के हो ?

ओठ, मलाई मेरो ओठ निकै मन पर्छ । सबैले तिम्रो ओठ सेक्सी छ भन्छन् ।

यो छेत्रमा चाँडै चर्चामा ल्याएदिन्छु भन्ने अफर कतिको आउने गरेका छन् ?

आउन त आउँछ तर आए भन्दैमा आफ्ले हामफली हाल्नुहुन्न । के राम्रो को नराम्रो भनेर आफैले छुट्याउन सक्नुपर्छ । म सँग कला छ गला छ भने कुनै समस्या छै्न् ।

कसैको प्रेममा पर्नु भएको छ की कसैलाई आफ्नो प्रेममा पार्नु भएको छ ?

म पनि कसैको प्रेममा परेको छैन । अरूलाई पनि पारेको छैन ।

प्रेम के हो जस्तो लाग्छ ?

दुई आत्माको मेल हो ।

तपाईँको बिचारमा सेक्स के हो ?

प्राकृतिक बरदान हो । जीवित प्राणीलाई नभई नहुने कुरा हो । जसले संसार चलेको छ । गलत व्याख्या गर्नु हुँदैन ।

दर्शक, श्रोतालाई के भन्न् चाहनुहुन्छ ?

आगामी दिनमा मेरो गीत सुनेर हेरेर माया गरिदिनुहुन अनुरोध गर्दछु ।