मनोरञ्जन

दुबई र अबुधाबीमा फिल्म ‘ऐश्वर्य’को च्यारिटी शो



(वैशाख ९,  यूएई) । नेपाली फिल्म ‘ऐश्वर्य’को  यूएईमा प्रदर्शन हुने भएको छ ।

डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी तथा एनआरएन यूएईको संयोजनको आयोजनामा नेपालका विभिन्न ८ जिल्लाहरुमा पुनस् एक दिवसीय आकस्मिक प्राथमिक उपचार तालिमको सहयोगार्थ उक्त चलचित्र प्रदर्शन हुन लागेको हो ।

उक्त फिल्म प्रदर्शनका लागि नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र सन्दीप क्षेत्री साथमा उने भएका छन् ।

नेपालका आठ जिल्लामा निस्शुल्क आकस्मिक उपचार तालिम

२० अप्रील यूएर्इ । शुक्रबार सिल्भर स्पुन रेस्टुरेन्ट वर दुबईको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नेपालका थप ८ जिल्लामा गरिने प्राथमिक उपचार तालिम कार्यक्रमको घोषणा गरेको छ ।

उक्त अबसरमा यूएईमा सक्रिय सम्बन्धित सबै जिल्ला संस्थाका प्रमुख लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उपस्थित सबै प्रमुख तथा प्रतिनिधिहरुले आआफ्नो जिल्लामा परेको उक्त कार्यक्रमलाई भब्यताका साथ सम्म्पन गर्न आबस्यक भुमिका सहित सक्रियता पूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो दोस्रो चरणको निःशुल्क प्राथमिक उपचार तालिम कार्यक्रमको लागि केही आर्थिक सहयोग जुटाउने उदेश्यले डिस्कोभरी रोयल स्पोर्ट्स एलएलसिको आयोजना तथा एनआरएन युएईको सहजीकरणमा यूएईमा आउँदै गरेको स्थानीय पर्व इदको समय पारेर जुन १५ र १६ मा नेपाली चलचित्र ुऐश्वर्यु प्रदर्शन गरिने भएको छ ।

दुबईमा जुन १५ र अबुधाबीमा जुन १६ मा सोही फिल्मका कलाकारहरु नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा ९गैंडा० र हास्य कलाकार सन्जिब क्षेत्री यूएई आउने भएका छन् ।

यूएई स्थित नेपाली कलाकारहरुको समेतको उपस्थितिमा रमाइलो साँस्कृतिक कार्यक्रम सहित ुच्यारिटी शोु कार्यक्रम राखिएको आयोजक उप्रेतीले जानकारी दिएका छन् ।

उमेर १८ वर्ष पुगी ५० बर्ष ननाघेको, शारीरिक, मानसिक, नैतिक तन्दुरुस्त, नेपाली अंग्रेजी पढ्न लेख्न बुझ्न सक्ने, सामाजिक सेवाभाव र रुचि राख्ने, स्वंमसेबी एबं सहयोगी स्वभाव भएका जोकोही नेपालीले तालिममा भाग लिन सक्नेछन् ।

स्वासप्रश्वास र रक्तसञ्चार प्रणाली सम्बन्धी उपयोगी तालिम दिइने मुख्य प्रशिक्षक उप्रेतीले जानकारी दिएका छन् ।

तालिम प्राप्त स्वंमसेवक उत्पादन गरी स्थानीय समुदाय सेवाको लागि अभिप्रेरित गर्ने यो तालिमको मुख्य उदेश्य रहेको छ ।

सबै सहभागीहरुलाई मान्यता प्राप्त संस्थाबाट प्रमाण-पत्र प्रदान गरिने छ ।

यस्तो छ तालिमको तयारी

विपदमा अत्यन्तै उपयोगी ठानिएको आकस्मिक प्राथमिक उपचार तालिमको उदघाटन
स्याङ्जा जिल्लामा असोज १३ शनिबार हुनेछ

पाल्पामा असोज १४ आइतबार
गुल्मीमा असोज १५ सोमबार,
रुपन्देहीमा असोज १६ मंगलबार तय भएको छ ।
धनकुटामा असोज १९ शुक्रबार,
सुनसरीमा असोज २० शनिबार,
मोरङमा असोज २१ आइतबार निर्धारण गरिएको छ ।