अर्थ

५ हजारको बचत खाता खोल्दा बैंकले ५ हजारकै औषधि खर्च र ६% ब्याज



बैशाख २०, काठमाडौं । माछापुच्छ्रे बैंकले ‘एमबीएल स्मार्ट बचत खाता’ संचालनमा ल्याइ ५००० मा खाता खोल्दा ६ प्रतिशत ब्याजर तथा अन्य   सुविधा दिने भएको छ ।

ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरेको छ। बैंकले ईन्टरनेट बैकिङ, एमबीएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा निःशुल्क उपलब्ध गराउने छ।

बैंकले स्वास्थ र दुर्घटना बिमाको सुविधासमेत प्रदान गर्ने भएको छ। ग्राहकले पाँच लाखसम्मको दुर्घटना बिमा, १ लाख सम्मको अस्पताल भर्ना खर्च र ५ हजार सम्मको औषधि खर्च निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।