अर्थ

बूढीगण्डकीमा ३ हजार ५ सय ६० घर विस्थापित : प्रभावितलाई मुआब्जा दिने



असार २५, काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित तीन हजार पाँच सय ६० घर विस्थापित हुने भए पछि मुआब्जाका लागि चालु वर्ष ४ अर्ब ३८ करोड रुपैयाँ निकासा भएको छ ।

निकासा भएकोमा फुजेलका १ हजार १ सय ७९, नाम्जुङका ४ सय ६७ र बुंकोटका ५ सय २३ प्रभावितको खातामा रकम निकासा भएको हो ।

गत वर्ष घ्याल्चोक, भुम्लिचोक र दुर्बङका प्रभावितलाई झन्डै तीन अर्ब रुपैयाँ वितरण भएको थियो । १२ सय मेगावाटको जलाशययुक्त आयोजना निर्माणका लागि धादिङ र गोरखातर्फको करिब ५८ हजार रोपनी निजी जग्गा अधिग्रहण गर्न मुआब्जा वितरण भइरहेको छ । आयोजनाका कारण गोरखातर्फ साबिकको १४ र धादिङतर्फ १३ गाविसका बासिन्दा पूर्णरूपमा प्रभावित हुनेछन् । धादिङ र गोरखातर्फ डुबान क्षेत्रका व्यक्तिगत जग्गाको मुआब्जा वितरणका लागि मात्र ३२ अर्ब लाग्ने इकाइले जनाएको छ ।