मनोरञ्जन

जान्हवी पछि बहिनी खुशी पनि बलिउडमा आउने



 साउन १३, एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीकी जेठी छोरी जान्हवी कपूरपछी उनकी बहिनी खुशी कपूरपनि बलिउडमा आउने तयारीमा छिन ।

जान्हवी कपूरको डेब्यु फिल्म ‘धडक’ बक्स अफिसमा सफल सावित भइसकेको छ । फिल्मले प्रदर्शनको ८ दिन नपुग्दै ५० करोड भन्दा बढीको व्यापार गर्दै सन् २०१८ मा सर्वाधिक व्यापार गर्ने फिल्महरु मध्यको एक बन्न सफल भइसकेको छ ।

भारतिय मिडियाका अनुसार श्रीदेवीकी कान्छी छोरी खुशी कपूर पनि अब छिट्टै बलिउड डेब्यूको तयारी गरिरहेको र कपूरलाई मोडलिङ अफरहरु पनि आइरहेका छन् । खुशी अब मोडलिङ नभइ बलिउडमा आफ्नो करियर बनाउन चाहन्छिन् ।