मनोरञ्जन

मिसेस नेपाल आईकन २०१८को उपाधि ललितपुरकी सीमालाई



साउन १३, ललितपुर ।  मिसेन नेपाल आईकन २०१८को उपाधि ललितपुर सातदोबाटोकी सीमा भुर्तेलले हासिल गरेकी छिन ।

एएनपी मिडिया हाउसद्वारा  शनिबार राजधानीमा सम्पन्न सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा  भुर्तेल मिसेस नेपाल आईकन २०१८ भएकी हुन । उनले पुरस्कारस्वरुप स्कुटर पाएकी छिन्।

 सरु अर्याल फष्ट रनर्सअपका साथमा फेशन आइकन र मष्ट डिजरभिङ, अम्बीका थापा सेकेन्ड रनर्सअपका साथ बेष्ट स्पीच, दया शार्मा थर्ड रनर्सअपका साथ मिसेस कन्जिनियालीटी तथा प्रिया कार्की फोर्थ रनर्सअपका साथ मष्ट पपुलर र मष्ट फ्रेण्ड्ली भएका छन ।

तस्तैगरी  अनाकिका रंजीतकार भिवर्स च्वाइस र मष्ट एक्टीभ, सानु तामाङ मष्ट ¥याम वाक, सरीता सिग्देल मल्टीमिडिया च्वाइस र मष्ट इन्टिलेक्चुअल, सुष्मा पाठकः बेष्ट स्माइल, राधिका थपलिया बेष्ट हेयर तथा जानकी बस्नेत बेष्ट स्कीन र मष्ट पञ्चुयल भएका छन् ।

सो प्रतियोगिताको निर्णायकहरुमा  गायक आनन्द कार्की, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगान, नेपाल लायन्स क्लबकी प्रथम महिला गर्भनर सुष्मा शर्मा, डा. शान्ता सापकोटा, पुर्ण लामा र हिसानका अक्ष्यक्ष युवराज शर्मा रहेका थिए ।

शम्भुप्रसाद रेग्मीको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको कार्यक्रममा गायक आनन्द कार्कीले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। गायक ध्रुब बिस्कोले पनि गीत संगीत प्रस्तुत गरेका थिए। कार्यक्रममा विशेष अतिथी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले विभिन्न व्यक्तिलाई सम्मान गरेकी  थिइन ।