मनोरञ्जन

प्रदर्शनको १० दिनमा ‘धडक’ले कमायो ६३ करोड



साउन १५, एजेन्सी ।   लिउड फिल्म  ‘धडक’ले प्रदर्शनको मात्र १० दिनमा ६३ करोडको कलेक्सन गरेको छ ।

जाह्नवी कपूर र ईशान खट्टरको  फिल्म  धडक’ ले बक्सअफिस विक डेजमा एभरेज विकेन्डमा दमदार कलेक्सन गरेको छ । ‘धडक’ लाई दर्शकले रुचाएका छन् भने, क्र‍िटिक्सले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।

फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले यस फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् । फिल्मको कमाई ७० करोडको नजिक छ । दोस्रो हप्ताको शुक्रवार २.६१ करोड, शनिवार ४.०२ करोड र आइतवार ५.२० करोडको कमाई गर्दै भारतीय बजारबाट अहिलेसम्म फिल्मले कूल ६३.३९ करोड कलेक्सन गर्न सफल भएको छ ।