विचार/ब्लग

मकै : नाम एक, परिकार अनेक



संसारको सबैभन्दा समृद्ध मुलुक अमेरिकामा औधि राम्रो मकै खेति हुन्छ । सुरूमा सायद अनिकाल र भोकमरीले होला उनिहरूले खोयों समेत पूरा नलाग्दै बेबी क्रोन खान सिके । त्यस दुधे मकै वा स्विट क्रोन । चामल च्यांख्ला त छंदैछ । हुंदाहुंदै फ़ुल मकै वा पप क्रोन पनि खान सिके । पछि कालन्तरमा यो तुलनात्मक रूपमा पौष्टिक पनि सिद्ध भयो ।

हामी भने कहिल्यै पनि भोकमरी नखेपेका कृषि प्रधान देशका मानिस हौं । साउन लागेर मकै पाके पछि अम्लिसो र भलायो ल्याएर बुवाले लुतो फ्यालेर मकै चडाएपछि मात्र मकै चाख्ने मानिस हौं । मकै पाक्दा ढोड पनि करिव सुकिसकेको हुन्छ । उता मकैबारीको गोठमा गाई भैसी मकै नगोड्दै देखी बाँ बॉं र हाईं हाईं गरिरहेका हुन्छन् । मकै सुकेर ढोड नकाटुनजेल र मकै नड़ग्याएर खोसेला नबनुनजेल मकैको घॉंस चाख्न समेत विरलै पाउंछन् । उता ढोड र खोसेला खानेलाई विहानभर खड्कुलोमा पिंठो र मल्खु फत्काएर खुवाउने चलन पनि यथावत नै छ ।

यदि हामीले नी अमेरिकामा जस्तै बेबी क्रन, स्वीट क्रन र पप क्रन खान थाल्ने हो भने हाम्रा बस्तुभाऊ ले पनि हरियों र लहलहाउदो घॉंस खान पाउने थिए । स्वास्थ पनि राम्रो अनि कृंषि तथा पशुपालन दुबैको उत्पादकत्वमा पनि बृद्धि हुने थियो । हामीकहॉं पनि समृद्धिको अंकुर प्रस्फुटन हुने थियो । परिवर्तनकालागि संधै बजेट नै चाहिन्छ भन्ने छैन । सोच बदलिए देश पनि बदलिन्छ । सबैलाई चेतना भया ।

तेज बहादुर ढकाल

काठमाडौँ