विचार/ब्लग

समृद्ध नेपालको आर्थिक पाटो: पारस्पारिक लाभप्रद आर्थिक प्रणाली



तेज बहादुर ढकाल । हामीले जनताको बहुदलीय जनबादको मर्म र भावना अनुसार विद्यमान अर्थतन्त्रमा ढाँचागत परिवर्तन गरि गतिशिलता ल्याउन जरूरी छ । सामन्तबादी र पूजिबादी अर्थव्यवस्थामा हुने ज़्याला र नाफा बीचको स्वरोजगारीमूलक र न्यायोचित प्रतिफल हुन सक्ने आर्थिक प्रणालीको विकास जरूरी छ ।

हाम्रो जनबादी अर्थव्यवस्था पुंजीबादी र समाजबादी दुबै चरित्र भएको मिश्रित अर्थतन्त्र भएकाले पनि श्रमजीवी र पूँजीपति दुबैलाई फाइदा हुने खालको पारस्परिक लाभप्रद आर्थिक प्रणाली नै हो । साथै यो समानता एवं सामाजिक न्यायमा आधारित आधारित आर्थिक ब्यबस्था हो । व्यक्तिगत सम्पतिलाई एकिकृत गर्दै सामुहिक उत्पादन मार्फत नयां उत्पादन सम्बन्धको विकास गरि ज्याला प्रधान शामन्तबादी र नाफा प्रधान पूँजीबादी व्यबस्था बीचको न्यायोचित प्रतिफल सहितको पारस्पारिक लाभप्रद आर्थिक प्रणाली नै जबजको भावना अनुकुलको आर्थिक प्रणाली हो ।

अर्थतन्त्रलाई सार्वभौमसत्ता जस्तो खम्बामा बाधेर राख्दा घट्ट जस्तो घुम्छ तर यसले कुनै दूरी पार गर्दैन । यसलाई हामीले बहुचक्किय हस्तक्षेपद्वारा गतिशील बनाउनु पर्दछ । हामीले बिध्दमान दलाल पूँजीबादको अन्त्य गरि जनबादी पूँजीबादका माध्यमबाट सबल र आत्मनिर्भर अर्थतन्त्र को निर्माण गर्नु पर्दछ । साथै सम्बिधानको निर्देशक सिद्धान्तलाई आत्मसात गर्दै सार्वजनिक, निजी र सहकारीको सफल कार्यान्वयन मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक बृद्धि हासिल गर्दै दीगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलव्धिहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्टिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशीलबनाउदै समाजबाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्नु पर्दछ ।

जसरी हेगेलको द्वन्दवाद र फायरबाखको भौतिकवादलाई मिसाएर मार्क्स र एंगेल्सले द्वन्दात्मक भौतिकबादको राजनैतिक दर्शनको विकास गरे जस्तै हामीले पनि दर्शनको दरिद्रता र दरिद्रताको दर्शनको बीचमा सम्पन्नताको खोजी गर्नु जरूरी छ । साथै कार्ल मार्क्सको पूजी र आदमस्मिथको वेल्थ अफ नेशनमा उल्लेखित ज्याला (शोशण) र नाफा बीचको न्यायोचित प्रतिफल सहितको पारस्पारिक लाभप्रद आर्थिक प्रणालीको विकास गरि जनताको समृद्धि प्राप्त गर्नु जरूरी छ ।

 

काठमाडौँ