राजनीति

मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)



काठमाडौँ, २७ वैशाख । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ ।

त्यसैगरी आज बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।


यस्तै, अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

समाजकल्याण परिषद्को उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गर्ने निर्णय गरिएको छ । भाषा आयोगको सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता मन्त्री शर्माले जानकारी दिइन् ।