मनोरञ्जन

‘छक्का पञ्जा २’ पून: प्रदर्शनमा आउने



काठमाडौं, ३ चैत । २०७४ सालको दशैंमा रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः पर्दशनमा आउने भएको छ ।

अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार दर्शकहरुको चाहना बमोजिम फिल्म रि-रिलिज गर्न लागिएको अभिने बताएका छन् ।

आउदो बैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको छ । निर्माण टिमले तत्काल युट्युबमा रिलिज गर्नेभन्दा पुनः हलमा फिल्म प्रदर्शन गर्ने निर्णय लिएको  जनाएको छ । बैशाख १३ मा कुनै नेपाली फिल्म नभएका कारण ‘छक्का पञ्जा २’ले पुनः  दर्शक तान्न सक्ने  छ ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतका कलाकारले अभिनय गरेका छन् ।