विश्व

मुख्यमन्त्री पर्रिकरको ६३ वर्षको उमेरमा निधन



एजेन्सी, ४ चैत । भारतीय जनता पार्टीका नेता तथा गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको छ ।

अग्नाशय क्यानसरका पीडित पर्रिकरको आफ्नै निवासमा आइतबार निधन भएको जनाएको छ । सोमबार दिउँसो ११ बजे मुख्यमन्त्री पर्रिकरलाई केन्द्रीय मन्त्रीस्तरीय बैठकमा श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति रामनाथ कोविन्दले ट्वीट गर्दै पर्रिकरको निधन भएको जानकारी दिएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पर्रिकर गोवाका आधुनिक नेता र उनको फैसलाले भारतीय रक्षा क्षमता बढाउन मद्दत पुगेको भनी उल्लेख गरेका छन् ।

कम्पालको एसएजी मैदानमा साँझ ५ बजे पर्रिकरको अन्तिम संस्कार हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।