राजनीति

विप्लव कार्यकर्ता हिरासतमा नै अनसन



प्युठान, ४ चैत । सरकारले विप्लप समुहलाई प्रतिवन्ध लगाएको भन्दै उनका एक कार्यकर्ता हिरासातमा नै अनसन बसेका छन् ।

प्यूठानमा यो समूहका एक कार्यकर्ता आमरण अनसन बसेका छन् । कारागारले ‘आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता पदम पोखरेल अनसन बसेका हुन् । उनलाई केही दिनअघि प्रहरीले पक्रेको थियो ।

नेपाली सेनाबाट सेवानिवृत्त स्याङ्जा स्थायी घर भई हाल प्यूठानको जस्पुरमा होटल व्यवसाय गर्दै आएका नवीन डुम्रेलाई पनि प्रहरीले विप्लव समूहको गतिविधिमा संलग्नको आरोपमा नियन्त्रणमा लिएको छ ।