विचार/ब्लग

अन्तर्राष्ट्रिय लगानी सम्मेलन : आर्थिक समृद्धिको महत्वपूर्ण उपलब्धी



काठमाडौँ, १३ चैत । अन्तर्राष्ट्रय लगानी सम्मेलन मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धि हुने देखिएको छ । यही चैत्र १५ र १६ गते काठमाडौँमा आयोजना हुने अन्तरास्ट्रिय लगानी सम्मेलनमा करिब ७०० बिदेशी र करिब ४०० नेपाली लगानी कर्ता हरुको सहभागिता हुने कुरा लगानी बोर्डले जनाएको छ ।

यसमा लगानी बोर्डले पेस गरेको ७०्७५ सोकेश परियोजनामा कुल २५ अरब ८७ करोड ७६ लाख ८० हजार अमेरिकी डलर बराबरको रकम प्रस्ताव गरिएको छ । २०७३ साल मा आयोजना गरिएको जस्तो लगानी सम्मेलन नभई एस पटकको सम्मेलन अलगै महत्व रहेको छ । किनभने संघिय लोकतान्त्रिक गणतन्त्रको संबिधान कार्यान्वन हुदै मुलुकमा हाल दुइ तिहाइको स्थिर सरकार गठन भएको छ ।

सरकारको मूल नारा नै सम्बृद्ध नेपाल र सुखी नेपालीको आर्थिक कार्यक्रम रहेको छ । यस पटक बिदेशी लगानी कर्तालाई सरल र सहज तरिकाबाट लगानी गर्ने बाताबरण बनाउन सरकारले एकद्वार प्रणाली लागु गरि सेबा दिने बताइरहेको छ । सो अनुसार बाझिएका ऐन कानुनहरुलाई परिमार्जित र नयाँ कानुनहरुको निर्माण समेत गरेको छ । जसबाट प्रसासनिक ढिला सुस्ती हुने कर प्रणालीमा सरलता बिचौलियाको नियन्त्रण र लगानी कर्ताको मुनाफालाई सुरक्षित अवतरण गर्नेगरी आफ्नो कार्यलाई आगाडी बढाएको छ । २०७३ सालको लगानी सम्मेलनमा १४ खर्बको प्रतिबद्ता आएकोमा ४ खर्ब मात्रको प्रतिबद्ता आगाडी बढी रहेको जनाइएको छ ।

यस पटक सम्पूर्ण प्रतिबद्तालाई कार्यान्वयन नै गर्ने पहल कदमीमा सरकार लागिपरेको छ । यस पटक बिगतको अबस्तालाई सुधार गर्दै करिब ३० खर्ब बराबरको परियोजना अगाडी सरेको छ । परियोजनालाई लगानी कर्ताले तुरन्तै छलफल गरि आसय पत्र समेत पेस गर्नेछन ।

यसबाट मुलुकको बिकासमा काया पल्ट नै हुनेछ, लाखौ लाख बिदेशीएका युवाहरु स्वदेशमा आइ रोजगारी प्राप्त गर्ने छन् । मुलुक अल्पविकसित राष्ट्रबाट केहि बर्षमा नै बिकसित राष्ट्रमा जानेछ । मुलुकको अर्बौको व्यापार घाटाको अन्त्य हुने छ । त्यस कारण सरकारले लगानी कर्तालाई इमान्दारिताका साथ बिस्वोस्त तुल्यानु नै अहिलेको आवश्यकता हो ।

नरेश्वर ज्ञवाली, काठमाडौँ