Banner News

वैदेशिक रोजगारीबारे कुनै गुनासो छ ? कल सेन्टरमा फोन गर्नुस् !



काठमाडौँ, १९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीबारे गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त सञ्चालनमा ल्याएको कल सेन्टरमा श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्वन्धित समस्या तथा गुनासो टिपाउने सकिनेछ ।

योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम सम्बन्ध, आन्तरिक रोजगारीबारे पनि गुनासो कल सेन्टरमा सुनाउन सकिनेछ । कल सेन्टरमा ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ ।

 बैदेशिक रोजगारीका क्षेत्रमा ठगी, अलपत्र, स्वास्थ्यमा समस्या भएर नेपाल फर्कन चाहनेदेखि झुटा मुद्दाका कारण जेलमा परेकाहरुलाई निःशुल्क कानुनी सहायताका लागि आग्रह गर्न सकिनेछ । विदेशमा भएकाले भने इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइबर जस्ता अनलाइन नेटवर्कबाट सम्पर्क गर्न सकिनेछ । यस्तै शुल्क लागे ं९७७१५९७००८ मा पनि फोन गर्न सकिने मन्त्रालयले जनाएको छ ।