राजनीति

बारा र पर्सामा डाक्टर सहित झर्यो युवा संघ : राहतका साथै अस्थायी बस्ती निर्माण गर्ने



काठमाडौँ, १९ चैत । बारा र पर्सा जिल्लामा आइतवार आएको विनासकारी हावाहुरीका दर्जनौंको मृत्यु, सयौं घाइते साथै कारण सयौं वस्तीहरु विस्थापित भएको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालले राहतको साथमा अस्थायी टहरा निर्माण गरी पिडित जनतालाई गास, वास र कपासको व्यवस्था गर्ने भएको छ ।

संघका अध्यक्ष रमेश पौडेलको संयोजकत्वमा संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी संघका बरिष्ठ उपाध्यक्ष किरण पौडेलको संयोजकत्वमा केन्द्रिय कमिटी उक्त स्थानमा प्रस्थान गरेको छ । टोलीले औषधीको साथमा स्वास्थ्यकर्मी सहित पिडितहरुलाई खाना साथै बस्नको लागि टहरा निर्माण गर्ने भएको छ । संघले स्वास्थ्य उपचारको लागि करिव १० लाख बरावरको औषधी तथा चिकित्सक समेत काठमाडौँबाट नै व्यवस्था गरि पिडित जनता सामु गएको हो ।

विगत लामो समयदेखी जनताको समस्यालाई आफ्नो समस्याको रुपमा लिने युवा संघले पिडित जनतालाई दैनिक उपभोग्य सामग्री सहित औषधिउपचार लागयत कार्य गर्दै आवश्यक झुल, टेन्ट, म्याट, जस्तापाता लगायतका सामग्रीहरु सहित टोली उक्त स्थान गएको हो । संघले हिमाल, पहाड तराई कोही छैन पराई भन्दै टहरा निर्माण गर्न सयौं युवाहरुलाई फिल्डमा उतार्ने समेत भएको छ ।

संघले घाइतेलाई मृत्यु भएकालाई उचित क्षतीपूर्ति तथा घाइते भएकालाई उपचारमा कुनै कन्जुस्यायी नगर्न समेत अपिल गरेको छ । संघले स्वास्थ्यलाई मध्यनजर गर्दै प्राकृतिक प्रकोपमा परेका सम्पूर्ण नागरिकलाई खानेपानी तथा अन्य खानपानमा विशेष ध्यान दिन समेत आग्रह गरेको छ ।

संघले बरिष्ठ उपाध्यक्ष पौडेलको संयोजकत्वमा सहयोग समिती समेत गठन गरेको छ । युवा संघ तथा वाइसिएल नेपालको संयुक्त रुपमा समिती गठन गरेको छ । जसमा सदस्यहरुमा बचन सिंह, रमेश आचार्य, राजेश शाह, धुर्व यादव, क्षितिज थेवे, अञ्जना अधिकारी, ज्ञानेन्द्र गुरुङ, शेर सिं कुवर, सुमित ढुङ्गाना, अमित लामा, रोहन महरा, सुमन पुरी, अशोक चौलागाई, रोशन बस्नेत, रामजी सापकोटा, संकर महरा, ई. विनय शाह, ई. सञ्जिव रोकाहा, वकिल बम, विमेश थापा, कुवेर अधिकारी, डा. अमृत झा, हरिस गौतम, संजिव झा, शिव चन्द्र सिंह, जय गुरुङ, सुन्दर भुसाल, असोक चौलागाई तथा युवा संघ, वाइसिएलका प्रदेश नं. २ का सम्पूर्ण कन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष रहने गरी समिती गठन गरेको छ ।

उक्त समितिले पिडितलाई आवश्यक सहयोग गर्न आर्थिक, जिन्सी, औषधी तथा अन्य प्रकारका सवै सहयोग गर्न आम नेपाली नागरिक, संघ संस्था, सरोकारवाला निकाय लगायतलाई अपिल समेत गरेको छ ।