मनोरञ्जन

प्रदिप र गोविन्दको बारा र पर्सालाई ५० हजार सहयोग



काठमाडौँ, १८ चैत । फिल्म ‘लभ स्टेशन’का नायक प्रदिप खड्का र निर्माता गोविन्द शाहीले बारा र पर्सा जिल्लामा विनासकारी हावाहुरीका कारण भएको मानविय तथा भौतिक क्षती प्रति दुःख व्यक्त गर्दै आफूहरुको तर्फबाट नगद ५० हजार सहयोग गर्ने बताएका छन् ।

उनीहरुले हुरी बतासबाट भएको क्षतीपछि भैरहेको उद्धार, उपचार, राहत र सहयोगमा आफूहरु पनि साथ रहेको बताएको छन् । उनीहरूले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अन्य सहयोगका लागि पनि अपिल समेत गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद ब्यबस्थापन कोष बारा मार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने नायक खड्काले बताएका छन् ।