राजनीति

प्रदेश ३ सरकारद्वारा बारा-पर्सालाई एक करोड सहयोग



हेटौंडा, १९ चैत । प्रदेश ३ सरकारले बारा, पर्साका पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलका अनुसार बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम पठाउने निर्णय गरेको बताएका छन ।

सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएको थियो । मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।