Banner News

सेल्स गर्ने तर मूल्य अभिवृद्धि कर तिर्न महिनौँ लगाउने प्रथाको अन्त्य : मन्त्री खतिवडा



काठमाडौँ, २७ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले सेल्स गर्ने तर मूल्य अभिवृद्धि कर तिर्न महिनौँ लगाउने प्रथाको अन्त्य हुने बताएका छन ।

शुक्रबार आन्तरिक राजस्व विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराएका छन ।

कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने बताउदै उनले ‘सेल्स प्वाइन्ट’ मै मूल्य वृद्धि कर असुली गर्न पनि आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई सचेत गराएका छन ।