राजनीति

विद्यार्थी संगठनद्वारा शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन जोडदार माग



काठमाडौँ, २८ बैशाख । सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन जोडदार माग गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र वुझाउदै अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्य सहितको टोलीले शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेका हुन ।