राजनीति

उपराष्ट्रपति पुनद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना



काठमाडौँ, ४ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धजयन्ती र उभौली पर्वले शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना व्यक्त गुर्नभएको छ ।

उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपाली र विश्वभरका बौद्ध धर्मावलम्बीका साथै उभौली पर्व मनाउने किरात समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले शुभकामना सन्देशमा विश्वभरका मानिस भौतिक र आध्यात्मिक सुख शान्तिको खोजीमा रहेको वर्तमान विश्व सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको उल्लेख गर्नुभएको छ । उहाँको सन्देशमा भनिएको छ, ‘सत्य, अहिंसा र सदाचारका आदि पुरुष बुद्धले देखाएको सत्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएको र उहाँको उपदेशलाई आत्मसात् गर्न सकिएमा राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास लिएको छ ।’