अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ६ जेठ । आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।