रोचक

कुकुरको नाम हाकिमसँग मिलेपछि पक्राउ



एजेन्सी । चीनको अनहुई प्रान्तमा कुकुरको नाम र सरकारी हाकिमसँग मिलेपछि पक्राउ परेको छ ।

उक्त प्रान्तको बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेका थिए र सोही राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी पक्राउ परेका हुन् ।

३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन् । उनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा ती कुकुरको नाम पोस्ट गरेका थिए । त्यसपछि अधिकारीको बेइज्जत गर्न यस्तो गरिएको भन्दै  प्रहरीले उनलाई पक्रको जनाइएको छ ।

सार्वजनिक सञ्जालमा ती नाम आएलगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई १० दिनसम्म हिरासतमा राखिने जनाइएको छ ।

प्रहरीले चीनमा पाल्तु जनावरको नाम कुनै अधिकारीको नाममा राख्नु गैरकानूनी भएको स्पष्ट पारेका छन् ।