स्वास्थ्य

हेर्नुहोस गर्मी मौसमका लागी उपयोगी फलफूल



हाम्रो स्वस्थको लागी हामीले मौसम अनुसारको फलफूलको सेवन गर्नु आवश्यक हुन्छ । त्यसैले यो

गर्मी मौसम शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूलको सेवन गर्नु पर्दछ ।

हेर्नुहोस गर्मी मौसमका लागी उपयोगी फलफूल :

आँप : आँप खानाले शरीरमा शक्ति पैदा गर्नुका साथै यसले शरीरमा शीतलता प्रदान गर्छ ।

खरबुजा : खरबुजा खानाले शरीरमा थकाइको महसुस कम हुनुको साथै शरीरमा शीतलता प्रदान गर्दछ । यसमा हुने तत्वले पेटसम्बन्धी समस्या (ग्याँस्ट्राइटिस, कब्जियत) पनि निको हुन्छ ।

 लिची : यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।

अंगूर : अंगूरमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ ।

काँक्रा : काँक्रमा ९६ प्रतिशत पानीको मात्रा हुन्छ जसले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्दछ ।