Banner News

पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस गर्न आवश्यक छैन : अध्यक्ष दाहाल



काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन ।

काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले बोल्दै पार्टी सचिवालय र स्थायी समितिले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएकाले महाधिवेशनसम्मका लागि सिद्धान्तको बहस धेरै चलाउन आवश्यक नरहेको बताए ।

अध्यक्ष दाहालले ‘जनताको जनवादी कार्यक्रम’सहित देशलाई आर्थिक समृद्धि र विकासतर्फ लैजाने लक्ष्य नै तत्कालका लागि पार्टीको सिद्धान्त रहेको बताउनु भएको हो ।