राजनीति

नेकपा सचिवालय बैठक शनिबार बस्ने



काठमाडौँ, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही असार ७ गते शनिबार बस्ने तयारी गरिएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै दुई घण्टा भएको छलफलमा बिबिध विषयमा कुराकानी भएको र असार ७ गते बैठक बोलाउने गरी सहमति बनेको बुझिएको छ ।

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरो गठनको विषयमा छलफल चले पनि निर्णय हुन सकेको छैन । शनिबारको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदनका विषयमा विशेष छलफल हुने बुझिएको छ ।