राजनीति

बिप्लव समूहका कार्यकर्ता पक्राउ



भक्तपुर, ६ असार । भक्तपुरमा लुकिछुपी बसिरहेको अवस्थामा बिप्लव समूहका कार्यकर्ता लाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप दोरम्वा गाँउपालिका वडा नं ६ का ३६ बर्षीय अविलास भन्ने कुलदिप थापामगरलाई सूर्यविनायक नगरपालिका वडा नं ८ दार्जिलिङ हाईटबाट प्रहरीले पक्राउ गरेको हो ।

थापामगरलाई बिप्लव समूहको परिचय पत्र, बिप्लव समूह भनि चिनिने नेपाल कम्युनिष्ट पार्टीका बिभिन्न कागजात, चन्दा रसिद, आठ थान मोवाईल, पर्चा पम्प्लेट लगायतका सामग्रीसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक रेवती रमन पोखरेलका अनुसार उनलाई भक्तपुर जिल्ला अदालतमा राज्यबिरुद्धको कसुर मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको बताए ।