राजनीति

धार्मिक पर्यटन क्षेत्रको विकासमा सबै एकजुट हुन आवश्यक : उपराष्ट्रपति पुन



चितवन, ६ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले धार्मिक पर्यटन क्षेत्रको विकासमा सबै एकजुट हुन आवश्यक रहेको बताएका छन  ।

शुक्रबार गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले देशको विकासका लागि धार्मिक पर्यटन क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताए ।

उपराष्ट्रपति पुनले सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति पुनले सरकारलाई सुझाव दिने समेत बताए । उनले हरिहर सन्यास आश्रम, परमानन्द संस्कृत विद्यापिठ, वेनी सङ्गम, अघोर आश्रम, वशिष्ठ गुफा, सिता गुफा, सिद्धेश्वर शिवालय मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, विध्येश्वर मन्दिर दर्शन गरेका थिए  ।

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार चितवन आएका उपराष्ट्रपति पुन आज काठमाडौँ फर्कने कार्यक्रम छ ।