समाचार

टिपरको ठक्करबाट एक जनाको मृत्यु



तनहुँ, ७ असार । तनहुँमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

खैरेनीटारबाट भिमादतर्फ जाँदै गरेको ग १ क ४३२३ नम्बरको टिपरले म्याग्दे गाउँपालिका ५ दोभानमा बाख्रा चराउँदै गरेका ५९ बर्षीय बलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विकको जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।