विचार/ब्लग

सम्बृद्दी र बिकासनै मुलुकको एजेण्डा हो



जनअभिमतको सर्बोत्तम प्रजातान्त्रीक अभ्यासबाट निर्मीत संविधानसभाले निर्माण गरेको संघिय लोकतान्त्रीक गणतन्त्रको संविधान कार्यन्नयनको प्राय सम्पुर्ण प्रक्रियापुरा भएको छ ।

मुलुकले अधिकार सम्पन्न तिन तहको सरकार प्राप्त गरेको छ, तिनै तहका सरकारहरु संविधान अनुसार दुइ बर्ष देखि क्रियाशील छन ।केन्द्ीय सरकारमा नेकपाको करिब दुइतिहाइ छ, सरकारको मुल नारानै सबृद्द नेपाल र सुखि नेपाली हो । यो नाराले अहिलेको नेपाल र नेपाली को चाहना बोलेको छ । सरकारले दुइवटा आबको बजेट संसदमा पेश गरेको छ । पहिलो बजेटले मुलुको सबृद्दीको आधारशिला खडा गरेको छ भने दोसो् बजेटले तिब्र आर्थीक बिकास र सबृद्दीको कार्यन्वयनको चरणलाइ अगाडी सारेको छ । यसले अब के देखाउछ भने मुलुकमा लामोसमयदेखिको राजनितीक अस्थीरताको अन्त्य भएको छ ।

आबधिक चुनाबको लोकतान्त्रीक पद्दतीले पक्कैपनि जनतामा अलोपृय भएको दलले सत्ताको बागडोर समात्न सक्दैन, सत्तामाभएको दलले पनि जनअभिमत अनुसारको कार्य गरेन, बिकास निमार्णको कार्यमा पहुचवालाको जिल्ला क्षेत्रलाइ प्राथामिकता दिने कार्य भएमा त्यो मुलुक र जनताको लागी सैह हुदैन र अर्को आबधिकचुनाबमा जनताबाट हार ब्यहोरनुपर्ने हुनेछ ।

यीनै लोकतकन्त्रीक पद्दतीको सन्सारमा भएको चलन हो । हालै प्मुखप्ति पक्ष्य नेपाली काग्ेसले संसदमा मुलुको प्रधानमन्त्रीलाई आफ्नो कुरा राख्नन दिएर जुन ब्यबहार देखायो त्यो लोकतान्त्रीक आचरण र ब्यबहार पटक्कै भएन, हरेक बिषय प्रक्रिया अनुसार नै गएको हुन्छ सरकारका गलत कार्यको खबरदारी गर्ने जनतालाइ सचेत बनाउने त्यो कार्य प्तिपक्ष्यको धर्मनै हो त्यसमा सरकारलेपनि मनन गर्नुपर्ने हुन आउछ । तर यतिबेला सबृद्दी र बिकासको बहस चलिरहेको बर्तमान अबस्थामा हरेक तह र तप्काले आ-आफ्ना इमानदारिता देखाउदै बिकासको यो महाअभियानमा सम्लग्न हुनुपर्ने बेलामा मुलुकमा हाल जुन अबस्था देखिएको छ । अबस्यपनि त्यो मुलुकको हितमा छैन, एकातिर सरकार र सत्तारुढ दलमा सस्थागत निर्णयको पुर्णत अन्त्य भएको आत्मकेन्दी्त सोचाइ र स्वार्थी भाबनाको बिकास भइरहेकोले हजारौ नेताकार्यकर्ताहरुमा अस्न्तुष्ठी चुलिएको छ अर्को तिर सरकारलाइ चारैतिरबाट धेराबन्दी गर्ने, सडकमा उत्सृंखल गतिबिधी देखाउने, जनतालाइ दिगभ्मित पार्ने, हुदैनभएको बिषयलाइ सोसलमिडीयामा भाइरल बनाउने आदी कारण बाट के देखिन्छ भने मुलुकलाइ अझै गरिबको गरिब राख्ने, सधैबिदेशि दाताको दानमा बाच्न लगाउने र आत्मनिर्भर बन्नै नदिने कतै षडयन्त्र त हुदै छैन यियस्था कृयाकलापहरु अब देश र जनताको लागी सैह हुदैन । हामीले देखिरहेकाछौ मलेसिया सिंगापुर र दक्षिण कोरिया जस्ता गरिब देशहरु छोटोसमयमानै बिकसित देशबन्न पुगे, के त्यो आफै भएकोहो र ? कदापी हैन त्याहाका नेत्रीत्वको इच्छाशक्ती, इमान्दारिता र ब्यापक जनसहभागिता गर्दा नेै छोटो समयमा नै कल्पनानैनगरिएको बिकास देखिएको हो ।

सबैको गाइडलाइन भनेको इमानदरिता कानुन र ब्यबस्थापन नै हो । एकल सोचाइ एकल बिचार र एकल अभियानले मुलुक पक्कैपनि सबृद्दी बन्दैन । जोकोहि हरेकले आत्मकेन्दी्त सोचाइ र स्वार्थीमनेबृतीलाइ त्यागन सक्नु पर्दछ । त्यसोभएपछि बिचौलियाहरु ठेक्कापटाका डनहरु नजिकमै आउने छैनन उनिहरु कानुन देखि डराउनेछन स्वतह प्कृयामाआउन बाध्यहुने छन र समयमै बिकासका योजनाहरु सम्पन्न हनेछन ,समग्मा भन्नुपर्दा दलालपुजिपती र उसको प्बृति समाप्त हनेछ । यसकोलागी नेत्रृत्व आफैमा बदलिनु पर्दछ ,लाखौ कार्यकर्ताहरु बिकास र सबृद्धीको अभियानमा लाग्न आतुरछन नेत्रृत्वले परिचालन गर्न जान्न र सक्नु परयो त्यसको लागी इमानदारिता पुर्बक नै सिस्टमको बिकास पर्छ । सरकार संग दुइतिहाइको बहुमत छ बिकास र संबृद्दीको लागी पैसाको कमि छैन, हामीसंग के छैन मात्र स्वार्थीमनोबृति रआत्मकेन्दी्त सोचाइलाइ त्याग्न सक्नुपर्दछ । यो मेरो देशको लागी बिकास चाहिएको छ संबृद्द बन्नु छ कुनै हालतमा पनि गरिब बन्नुहुदैन, र सक्दैन पनि यो भाबनाको बिकास गर्न अबढिला भैसक्यो बिकासगर्न जरुरी छ । यो बहसमा धेरै कुरा लुकेको छ अन्त्यमा हामिनै सच्चीनु पर्दछ ,बिकास र संबृद्दी त हामो् एजेण्डानै हो अरु हुनै सक्दैन ।

नरेस्वर ज्ञवाली काठमाण्डौ ।