राजनीति

भारतीय सडकका कारण सयौँ घर डुबानमा



बाँके, ९ असार । भारतले बनाएको अग्लो सडकका कारण बाँकेको नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको हो ।

उक्त क्षेत्रमा सय भन्दा बढी घर डुबेको र झण्डै एक दर्जन घर भत्किएको अध्यक्ष शाहले बताए । वर्षातले निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ । पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको छ ।

घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।