राजनीति

सरकारद्वारा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी



काठमाडौँ, ९ असार । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा)मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने भएको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानून मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र ट्रेड युनियनका तर्फबाट सदस्य रहने कार्यदल गठन गरिने जनाएको छ ।

बोर्डको सचिवालयका अनुसार कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीलाई नेपाल ल्याउने प्रक्रिया÷मापदण्डका सम्बन्धमा सुझाव पेश गर्ने जनाएको छ ।

दक्षिण कोरिया, साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स ९युएइ०लगायत मुलुकका विभिन्न अस्पतालमा २८ नेपाली अचेत अवस्थामा उपचाररत रहेको सरकारको तथ्याङ्क छ । शुक्रबार मन्त्री विष्टले शिक्षण अस्पताल महाराजगञ्ज, वीर र पाटन अस्पतालको निर्देशक तथा स्वास्थ्य मन्त्रालयका सचिवसँग कोमाका रहेका नेपालीलाई स्वदेश ल्याएर उपचार गर्ने सम्बन्धमा छलफल गरेका थिए ।